कास्कीका १२९ सहित गण्डकीमा थप ४२७ जनामा कोरोना संक्रमण, ९०० संक्रमणमुक्त

कास्कीका १२९ सहित गण्डकीमा थप ४२७ जनामा कोरोना संक्रमण, ९०० संक्रमणमुक्त

Gandaki covid corona 5

पछिल्लो २४ घण्टामा गण्डकीका थप ४२७ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३९३ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

सोमबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १२९ जना, तनहुँका ४३ जना, गोरखाका ९ जना लमजुङका ४३ जना र नवलपुरका १७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ७९ जना, पर्वतका १६ जना, बाग्लुङका ५४ जना, म्याग्दीका ३४ जना, मुस्ताङ्गका दुई जना र मनाङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९९ हजार १४७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ९०० जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९१ हजार ४५३ पुगेको छ। भने, अहिले प्रदेशभर ६ हजार २५६ सक्रिय संक्रमित छन् ।

सोमबार गण्डकीमा थप एक जनाको मृत्यु पुष्टि भएको छ। मृतक कास्की जिल्ला पोखरा महानगरपालिका -१४ निवासी ८६ वर्षीय पुरुष छन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४३८ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds