गण्डकीमा ५४२ को परीक्षण गर्दा २८७ जनामा कोरोना संक्रमण, ६२७ संक्रमणमुक्त

गण्डकीमा ५४२ को परीक्षण गर्दा २८७ जनामा कोरोना संक्रमण, ६२७ संक्रमणमुक्त

covid-19-corona

पछिल्लो २४ घण्टामा गण्डकीका थप २८७ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ५४२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १८७ जना, तनहुँका १० जना, लमजुङका तीन जना र नवलपुरका १७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका १४ जना, पर्वतका एक जना, बाग्लुङका ४५ जना, म्याग्दीका आठ जना र मुस्ताङ जिल्लाका दुई जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९८ हजार ७२० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ६२७ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९० हजार ५५३ पुगेको छ। भने, अहिले प्रदेशभर ६ हजार ७३० सक्रिय संक्रमित छन् ।

आइतबार गण्डकीमा थप एक जनाको मृत्यु पुष्टि भएको छ।  मृतक तनहुँ जिल्ला व्यास नगरपालिका -११ निवासी ४० वर्षीय पुरुष छन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४३७ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds