सुदूरपश्चिमका अर्थ राज्यमन्त्रीका निजी सुरक्षाकर्मी मृत फेला

सुदूरपश्चिमका अर्थ राज्यमन्त्रीका निजी सुरक्षाकर्मी मृत फेला

death body

सुदूरपश्चिममा एक जना प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका प्रहरी हवल्दार रमेशदत्त जोशी बुधबार आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको हो ।

सुदूरपश्चिमको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मी (पिएसओ) समेत रहेका जोशी कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार जोशी सन्चो नभएर आइतबारदेखि घरमै आराम गरिरहेका थिए ।

अस्वस्थताकै कारण जोशी श्रीमती र छोरासँगै टीकापुर आफन्तको विवाहमा नगएर घरमै बसेका परिवारबाट जानकारी आएको प्रहरीले जनाएको छ । परिवारका सदस्यहरू घर फर्कदा उनी कोठामा पल्टिरहेको अवस्थामा भेटिएका थिए।

उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds