राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसका कमला पन्त, माओवादी केन्द्रका सुरेश आले मगर र भुवन सुनार विजयी भएका हुन्। पन्त कांग्रेसकी हुन् भने सुनार र आलेमगर माओवादीका हुन् ।
गण्डकीमा ५ दलीय गठबन्धनको ३ हजार २५२ मतभार छ भने प्रतिपक्षी एमालेको कुल मतभार २ हजार ५५६ छ। गठबन्धनका पन्तले ३ हजार ८४ मतभार पाएर विजयी भइन् भने उनका प्रतिश्पर्धी एमालेका लीला थनेतले २ हजार ७ सय २४ मतभार पाएकी थिइन्। माओवादीका तर्फबाट उम्मेदवार बनेका सुरेश आलेमगरले ३ हजार ९६ मतभार पाएर विजयी भए भने उनका प्रतिश्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६९४ मतभार पाए । गठबन्धनका तर्फबाट माओवादी केन्द्रकै अर्का उम्मेदवार भुवन सुनार ३ हजार ४८ मतभार पाएर निर्वाचित भए । उनका प्रतिश्पर्धी अर्जुनकुमार सुनाम २ हजार ७२४ मतभार पाए।
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दिननाथ शर्मा, खिमबहादुर विक र शान्ति अधिकारीको आउँदाे असारमा पदावधि सकिँदैछ। तत्कालीन नेकपाबाट निर्वाचित ३ जनामध्ये शर्मा र विक माओवादी केन्द्रमा छन् भने अधिकारी नेकपा एकिकृत समाजवादीमा छिन् । गोलाप्रथाबाट उनीहरुको कार्यकाल ४ बर्ष कायम भएको थियो । उनीहरुको पदावधी सकिएर रिक्त हुने सिटमा बुधबार निर्वाचन भएको हो ।
गण्डकीमा स्थानीय तह प्रमुख र उपप्रमुख एक सय ७० र प्रदेशसभा सदस्य ५९ गरेर दुई सय २९ जना मतदाता थिए । निर्वाचन कर्यालय कास्कीका अनुसार गण्डकीमा २२७ जना जनप्रतिनिधीले मतदान गरेका थिए । गण्डकी प्रदेश सभाका ५९ जना सांसद, गण्डकीका ८५ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १६८ जनाले मतदान गरे ।
प्रदेश सांसद सबैले मतदान गरे । ६० सदस्यीय गण्डकी प्रदेश सभामा जनमोर्चाले सांसद कृष्ण थापालाई कारबाही गरेपछि उनको स्थान रिक्त छ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका एक जनप्रतिनिधि बराबर १८ मतभार हुन्छ । त्यस्तै प्रदेश सांसदको मतभार एक जना बराबर ४८ हुन्छ ।
प्रदेशभर स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७० जना रहेकोमा २ जना मतदानमा सहभागी भएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागलुङ नगरपालिका उपप्रमुख निर्वाचित सुरेन्द्र खड्का र मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका प्रमुख लोप्साङछोम्पेल विष्ट मतदानमा सहभागी भएनन् । राप्रपाका खड्का पार्टी केन्द्रका निर्देशन अनुसार मतदानमा भाग लिएनन् भने मुस्ताङका विष्ट अमेरिकामा रहेकाले मतदानमा सहभागी नभएको जनाएको छ ।
पार्टी केन्द्रका निर्देशन विपरित राप्रपाबाट निर्वाचित बेनी नगरपालिका उपप्रमुख सञ्जु बरुवाल भने मतदानमा सहभागी भए । राप्रपाले प्रदेश १ बाहेक अन्यत्र मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो ।
गठबन्धनकाले एमाले उम्मेदवारलाई हालिदिए भोट
पाँच दलीय गठबन्धन बनाएर गण्डकी र केन्द्रमा समेत सरकार बनाएका गठबन्धनका केही सांसदले आफ्ना उम्मेदवारलाई मतदान नगरी विपक्षमा मतदान गरेको भेटिएको छ। गण्डकी प्रदेश सभाका सत्ता गठबन्धनका २ जना सांसदले यसरी विपक्षमा मतदान गरेका हुन्।
गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनका ३१ जना सांसद छन् भने विपक्षी एमालेका २७ जना छन्। बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ प्रदेश सभा सांसदले दुबै उम्मेदवारलाई बराबर मत दिए।
गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेस नेतृ कमला पन्तले प्रदेश सभाका २९ सांसदको मात्र मत पाइन्। विपक्षी एमाले उम्मेदवार लीला थनेतले पनि २९ मत पाइन्। जबकि गण्डकीमा एमालेभन्दा गठबन्धन ४ मतले अघि छन्।
महिला उम्मेदवारमा मात्र होइन, गण्डकीका सांसदले दलित र अन्य उम्मेदवारलाई मतदान गर्दा पनि ‘फ्लोर क्रस’ गरेका छन्। गठबन्धनका तर्फबाट दलित उम्मेदवार बनेका मओवादीका भुवन सुनारले पनि पन्तले झैं प्रदेश सांसदका २९ मत मात्र पाए।
एमालेका अर्जुनकुमार सुनारले पनि गठबन्धन बराबर २९ मत पाए। गठबन्धनका अर्का उम्मेदवार माओवादी नेता सुरेश आलेले भने पन्त र सुनारले भन्दा बढी मत पाए। आलेले प्रदेश सभाका ३० सांसदको मत पाए। आलेलाई पनि गठबन्धनका १ जना सांसदले धोका दिएर एमाले उम्मेदवार पुण्यप्रसाद पौडेललाई मतदान गरे। पौडेलले २८ जना सांसदको मत पाएका थिए।
गण्डकीका एक जना प्रदेश सांसदले भने ६ जना उम्मेदवारमा कसैलाई पनि मतदान नगरी मतपत्र खाली राखेका थिए।
सम्बन्धित खबर
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम