मधेश प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सांसद अशोक यादवमाथि आक्रमण गरेका छन् । आक्रमणमा परि सांसद यादवको हात भाँचिएको छ।
बुधबार राष्ट्रिय सभा निर्वाचनमा निर्वाचनमा मतदान गर्न जाँदै गरेका यादवको गाडीमा जनकपुरस्थित जानकी मन्दिर अगाडि तोडफोड सँगै उनीमथि आक्रमण भएको थियो ।
त्यस्तै, सर्लाहीको हरिवन नगरपालिकाका मेयर दिनेश प्रसाईं सवार गाडी जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका थिए।
मतदानका लागि जनकपुर पुग्ने क्रममा मेयर प्रसाईं र उपमेयर रेनुका पौडेल चढेको प्रदेश–२–०३००१ झ ००२० नम्बरको गाडीमा उनीहरूले तोडफोड गरेका हुन्। त्यसक्रममा मेयर प्रसाईं घाइते भएका छन्।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको छ। गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ। सीके राउतका कार्यकर्ताले तिरहुतीया गाछीमा गाडी रोकेर तोडफोड गरेका थिए। भाटासहित प्रदर्शनमा उत्रिएका उनीहरूले गाडी रोकेर तोडफोड र गाडीमा सवार रहेकाहरूलाई आक्रमण गरेको बताइएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते