राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक हुँदै

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक हुँदै

National-Population-Census-logo

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज बुधबार सार्वजनिक हुँदैछ ।

केन्द्रीय तथ्याङ्क विभागले बुधबार दिउँसो भर्चुअल पत्रकार सम्मेलन गरेर राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।

विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणना गरेको थियो ।

प्रारम्भिक नतिजामा महिला र पुरुषसहित जम्मा जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या सार्वजनिक गर्न लागेको हो । अहिले प्रारम्भिक मात्रै आउने र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक हुने बताइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds