कास्कीका ३९१ सहित गण्डकीमा थप ९३५ जनामा कोरोना पुष्टि

कास्कीका ३९१ सहित गण्डकीमा थप ९३५ जनामा कोरोना पुष्टि

corona-51

पछिल्लो २४ घण्टामा गण्डकीका थप ९३५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६५२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

मंगलबार संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३९१ जना, तनहुँका ९८ जना, गोरखाका ३७ जना, लमजुङका ५७ जना र नवलपुरका ६० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका १९३ जना, पर्वतका १३ जना, बाग्लुङका ५९ जना र म्याग्दी जिल्लाका २७ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९५ हजार ८९४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट २०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८८ हजार सात पुगेको छ। भने, अहिले प्रदेशभर ६ हजार ४५४ सक्रिय संक्रमित छन् ।
गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४३३ रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds