कोरोनाविरुद्धको खोप लगाएको केहीबेरमै मृत्यु

कोरोनाविरुद्धको खोप लगाएको केहीबेरमै मृत्यु

corona-khop

कैलालीमा कोरोना (काभिड–१९) विरुद्धको खोप लगाएको केही मिनेटमै एकजनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो दुई बजेतिर कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ‘के’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्यु भएको हो ।

खोप लगाएर घर फर्कर्नेक्रममा बाटोमा उनको खोप लगाएको १५/२० मिनेटमै मृत्यु भएको वडाध्यक्ष भिखराम चौधरीले बताए । अहिले शव आधारभुत स्वास्थ्य केन्द्रमा राखिएको छ ।

वडाध्यक्ष चौधरीका अनुसार अहिले स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबीच छलफल भइरहेको छ ।

मृत्युको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds