देशभर बदली, वर्षा र हिमपातको सम्भावना कहाँ-कहाँ?

देशभर बदली, वर्षा र हिमपातको सम्भावना कहाँ-कहाँ?

mausam-photo

पोखरा । देशभरको मौसम आज (मंगलबार) बदली रही थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

अहिले बिहान प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागि रहेको छ।

मंगलबार दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै, राती पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानमा सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds