ध्रुवे हात्तीको आक्रमणबाट सेनाको मृत्यु

ध्रुवे हात्तीको आक्रमणबाट सेनाको मृत्यु

elephant

चितवन । चितवनमा जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो ।

हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति ११ः२० बजे मृत्यु भएको हो।

निकुञ्जले मृतकको परिवारमा मानसिक चोट पुग्न सक्ने भन्दै पहिचान खुलाएको छैन।

साइकलमा गस्ती गइरहेका बेला ध्रुवेले आक्रमण गर्दा जवानको ढाड भाँचिएको थियो। उनको उपचारका क्रममा जवानको मृत्यु भएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ध्रुवे हात्तीले अघिल्लो दिन पनि त्यता बबाल मच्चाइरहेको थियो। गाउँमा निस्किएर पोल ढाल्ने, धान तान्ने गरेको थियो ।

ध्रुवेले पाँच वर्षअघि नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको ज्यान लिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds