सरोज अर्याल, स्याङ्जा / निजी फर्मको लापरबाहीका कारण आँधिखोलाको जलचर सखाप भएका छन् ।
खिलुङ कालिका एग्रो फर्मको फोहोर तथा कुखुराको सुली प्रत्यक्ष आँधिखोलमा मिसाउँदा यहाँका जलचर प्रभावित भएका छन् । भिरकोट नगरपालिकामा फर्म संञ्चालन गरिएको भएपनि उक्त फर्मले गल्याङ नगरपालिकाको तुलसिभञ्याङमा फोहोर फाल्ने कार्य गर्दै आएको थियो ।
गएराति जेसिभीको प्रयोग गरेर सुलि खोलामा मिसाउँदा आंधिखोला जलबिद्युत केन्द्र सम्मका सबै जलचर मरेका छन् । सुलिको दुर्गन्ध कम गर्न प्रयोग गरिने बिषादीका कारण खोलाका माछा मरेको हुन सक्ने प्रारम्भिक आँकलन स्थानीयले गरेका भएपनि के कारणले माछा लगायत जलचर सखाप भएको हो भन्ने अनुसन्धान भैरहेको छ ।
यस खोलाको पानी जिमुवामा सिँचाइ हुँदै कालिगण्डकीसम्म पुगेको छ । प्रशासनले माछाको सेवन र पानी सिँचाइ गर्न रोक लगाएको छ । यस पानीको असर कालीगण्डकी सम्म पर्ने सरोकारवालाको भनाई छ ।
आँधीखोलामा सुली फालेको आरोपमा खिलुङ कालिका एग्रो फर्मका सञ्चालक, कार्यकारी प्रमुख शोभाकान्त ढकाल, सुली फाल्न प्रयोग गरिएको स्काभेटर र चालक सहित अन्य दुई जना प्रहरीको नियन्त्रणमा छन् ।

सम्बन्धित खबर
दुई सय १६ जना मोतियाबिन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया गरिने
सिद्धार्थ राजमार्ग स्तरोन्नतिलाई प्राथमिकता दिन्छौं :अर्थमन्त्री पौडेल
फेदीखोला चैते दशैं मेला: पुरुष भलिबलको उपाधि मट्टीखानलाई
अर्जुनचौपारीमा कफी कृषकलाई नगद अनुदान
चैत्र पूर्णिमाको अवसरमा ऎतिहासिक काल्खु मेला हुने
स्याङ्जाका सीडीओ नेपालको सरुवा, ईश्वरीप्रसाद अर्याल आउने
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता