उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९०

उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९०

Ukhu-Kisan

काठमाडौँ । सरकारले यसवर्षका लागि उखुको समर्थन मूल्य निर्धारण गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ५९० रुपैयाँ दरले उखुको समर्थन मूल्य तोकेको हो ।

किसानले उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ माग गरेका थिए भने उद्योगीले पाँच सय ८० रुपैयाँ प्रति क्विन्टल हुनुपर्ने माग गरेका थिए ।

यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५ सय २० रुपैयाँ हो । उखुको न्यूनतम लागत ३ सय ८२ रुपैयाँ, ढुवानी खर्च ६२ रुपैयाँ तथा मुनाफा ७६ रुपैयाँ हिसाब गरिएको छ ।

सरकारले गएको वर्ष उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds