काठमाडौँको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कारको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी ३४ वर्षीया महिलालाई सोही दिन र भोलिपल्ट गरी विभिन्न गेस्ट हाउसमा ९ जनाले सामूहिक बलात्कार गरेको उजुरी परेको थियो ।
महिलाले उजुरी दिएपछि उनले बताएको स्थान र हुलियाका आधारमा प्रहरीले मंगलबार ७ र बुधबार २ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई बुधबार साँझ प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्ने नौ युवकमध्ये आठजना मुगुको छायाँनाथ नगरपालिकाका छन् । अर्का अर्घाखाँची स्थायी घर भई कपिलवस्तुको बुद्धभूमिमा बस्दै आएका युवक हुन् । उनीहरूमध्ये केहीले मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ रारा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरु सवै वैदेशिक रोजगारी जाने तयारीमा थिए ।
पीडित युवती मंगलबार मात्रै सुर्खेतबाट काठमाडौं आएकी थिइन । उनको अहिले अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । ‘पीडित महिलाको अवस्था सुधारोन्मुख छ,’ एसपी मैनालीले भने ।
महिलालाई अन्तिमपटक गोपालकुमार शिरीषले बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । महिलाले उजुरी दिएको केही घन्टामै प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनी कतार उड्न लागेका थिए ।
शिरीषपछि हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, युवराज बडुवाल मंगलबार बेलुका पक्राउ परेका हुन् । हस्त नेपाली र चन्द्र साउदलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनीहरू सबै विदेश जाने प्रयोजनका लागि बसपार्कका गेस्टहाउसमा बसेका थिए । सुरुमा युवराज र हिक्मत नेपालीले होटेलमा लगेर उनलाई बलात्कार गरेको र पछि अन्य साथीहरूलाई समेत बोलाएर बलात्कार गर्न लगाएका थिए ।
आरोपी र पीडितबीच पूर्वचिनजान होइन । प्रहरीका अनुसार पीडित १२ पुस (घटना भएकै दिन सोमबार)मा सुर्खेतबाट काठमाडौं आएको देखिन्छ । उनी काठमाडौं आएपछि बसपार्कमै उनीहरूको चिनजान भएको थिए ।
महिला कमजोर अवस्थामा प्रहरी कार्यालय पुगेकी थिइन् । उनको शरीरमा बाहिरी चोटपटक भने छैन । घटनामा गेस्टहाउसका सञ्चालकको समेत लापरबाही देखिएको र त्यसमा छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ