बदली, वर्षा र हिमपातको सम्भावना कहाँ-कहाँ?

बदली, वर्षा र हिमपातको सम्भावना कहाँ-कहाँ?

snow-mausam

पोखरा । देशभर आज (बिहीबार) को मौसम बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ।

अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहि थोरै स्थानमा वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानामा हल्का हिमपात भैरहेको छ ।

बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds