अनलाइनमा क्यामेरा बिक्री गर्ने भन्दै आधा रकम जम्मा गर्न लगाएर सम्पर्कबिहिन भएका थारु पक्राउ

अनलाइनमा क्यामेरा बिक्री गर्ने भन्दै आधा रकम जम्मा गर्न लगाएर सम्पर्कबिहिन भएका थारु पक्राउ

269666684_919227402116293_1612278952222924869_n

काठमाण्डौ।  अनलाइन मार्फत ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

विभिन्न व्यक्तिहरुको नागरिकताको कपी फेला पारी त्यसको दुरुपयोग गर्दै नक्कली फेसबुक पेज बनाएर अनलाइन मार्फत DSLR क्यामेराको खरिद तथा बिक्री भन्दै ५० प्रतिशत रकम अग्रिम जम्मा गर्न लगाएर सम्पर्कबिहिन भएका बर्दिया बारबर्दिया नगरपालिका वडा नं -१० बस्ने २३ वर्षीय रमेश थारुलाई प्रहरीले पक्राउ गरेको हो।

थारुले क्यानन ८० मोडेलको क्यामेराको मूल्य ७८ हजार राखी मोवाईल नंवर ९७४५५४१४५६ समेत दिई सामान डेलिभरी गर्नु पूर्व ५० प्रतिशत रकम आएमई पे’ र ई-सेवामा अग्रिम जम्मा गर्न लगाएर सम्पर्कबिहिन भएका उनलाई ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको समन्वयमा प्रहरीले सोमबार पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds