खौलालाँकुरी-पोखरा सम्पर्क समाजमा केसी

खौलालाँकुरी-पोखरा सम्पर्क समाजमा केसी

kholalakuri

पोखरा १२ पुस– पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरी स्थायी घर भइ हाल पोखरामा बस्नेहरुको खौलालाँकुरी पोखरा सम्पर्क समाजको अध्यक्षमा धर्मबहादुर केसी चयन भएका छन ।

समाजको सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले १७ सदस्यीय कार्यसमितिका सबै पदाधिकारी र सदस्य निर्विरोध चयन गरेको हो ।

दुई वर्ष कार्यकाल रहेको समितिको बरिष्ठ उपाध्यक्षमा जितेन्द्रबहादुर कुँवर, उपाध्यक्षमा शिवलाल विश्वकर्मा, सचिवमा लालप्रसाद शर्मा, सहसचिवमा कल्पनाकुमारी पौडेल र कोषाध्यक्षमा नारायणप्रसाद तिमिल्सिना चुनिए । यसैगरी सदस्यमा पिताम्बर पौडेल, अमरबहादुर कार्की, सरस्वती गोतामे सुवेदी, गंगाकुमारी कार्की, टीकाबहादुर केसी, प्रकाश सुवेदी, प्रेम सुवेदी, हरिप्रसाद चालिसे, सेतु कुँवर र अशोक कार्की रहेका छन । एक सदस्य भने पछि कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिका संयोजक दुर्गाराज सुवेदीले बताए ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले गाउँ छाडेर बजारमा बसोबास गर्दै आएकालाई कुनैपनि अप्ठेरो पर्दा समाज चाहिने बताए ।

‘दुखको बेला समाजको महत्व बढी हुन्छ’ उनले भने, ‘यही मर्मलाई बुझेर समाज अघि बढ्नुपर्छ । समाजमा राजनीतिकरणलगायत कुनै पनि बिकृति बिसंगति भित्रन नदिन सबै सचेत हुनुपर्छ ।’ अहिले गाउँ छाड्ने लहरले रित्तिदै गएको भन्दै उनले अव गाउँमै बस्ने वातावरण सिर्जना हुनेगरी बिकास निर्माण गर्नुपर्नेमा जोड दिए । थापाठाना पोखरा सम्पर्क समाजका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गाउँ छाडेर आएकाहरु एकजुट भएर समाज गठन हुनु राम्रो पक्ष रहेको भन्दै जन्मस्थानलाई बिर्सन नहुनेमा जोड दिए ।

समाजका अध्यक्ष टंकबहादुर कार्की क्षेत्रीले समाज गठनदेखि हालसम्मको अवस्थाबारे जानकारी गराउँदै साढे २ वर्षअघिमात्रै स्थापना भएको संस्थालाई सही ढंगले अघि बढाउनु पर्नेमा जोड दिए । संस्थाका सल्लाहकार खड्कबहादुर पौडेल क्षेत्रीले समाजलाई सधै साथसहयोग रहने विश्वास दिलाए ।

कार्यक्रममा निर्वाचन संयोजक दुर्गाराज सुवेदी र संस्थाले गठन गरेको आकस्मिक सहयोग कोष उपसमितिका संयोजक नारायणप्रसाद तिमिल्सिनाले पनि बोलेका थिए । कोषाध्यक्ष कल्पनाकुमारी पौडेलले आर्थिक वर्ष २०७७/०७८ को आयव्यय प्रस्तुत गरिन । नवनिर्वाचित अध्यक्ष केसीले समाजलाई अझै उचोमा पु¥याउने गरी काम गर्ने बताए ।

कार्यक्रममा ८० वर्ष उमेर कट्नु भएका ज्येष्ठ नागरिकहरु खड्कबहादुर खत्री, जुठी सुनार र मनरुपा सुनारलाई सम्मान गरिएको थियो । साथै विभिन्न विषयमा १२ कक्षा उत्तीर्ण समाजका सदस्यका ५ छोराछोरीलाई पनि शैक्षिक सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । साथै समाजलाई आर्थिक सहयोग गर्ने महानुभावलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds