सिराहामा आज र भोलि निषेधाज्ञा जारी

सिराहामा आज र भोलि निषेधाज्ञा जारी

jhapad-siraha

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिराहाले आज र भोलि दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका नाममा ध्वंसात्मक गतिविधि बढाएको भन्दै त्यसलाई नियन्त्रण गर्न निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताएका छन् ।

आज र भोलि राजमार्ग क्षेत्रमा बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

कार्यालयले विज्ञप्ति निकालेर यो अवधिभर कुनै भेला हुन, राजनीतिक सभा र गतिविधि गर्न तथा बाहिर हिँडडुल गर्न नपाउने जनाएको छ । तर, यो समयमा राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडक खण्डमा गाडी भने चल्ने विज्ञप्तिमा उल्लेख छ ।

पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय राजमार्ग र चोहर्वादेखि सिराहा सडक खण्डको पिकेराज पेट्रोल पम्पसम्म ५०० मिटर आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

जनमत पार्टीका कार्यकर्ताले केही दिन अघिदेखि सिराहमा आन्दोलनका नाममा सडकमा सवारी साधनहरु तोडफोड गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds