काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबै नेता कार्यकर्तालाई समेटेर अघि बढाउने बताएका छन् ।
आज कांग्रेसका नव निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफू सबैको साझा सभापति भएको र पार्टीलाई अब त्यही ढङ्गले अघि बढाउने बताए ।
‘म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन चाहन्छु, सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्छु, म सबैको सभापति हुँ, आजैका मितिबाट म त्यो विश्वास दिलाउन चाहन्छु,’ उनले भने।
३३ प्रतिशत महिला सहभागता अरु दलमा नभएको भन्दै उनले तल्लोतहबाट नै महिलालाई ठाउँ दिएर नेतृत्व कांग्रेसले दिएको उल्लेख गरे।
देउवाले आगामी निर्वाचनमा सबै तहमा जित हात पारेर ठूलो पार्टी बन्नु पर्ने बताए।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते