विवेकशील साझाका संयोजक पाण्डेलाई पार्टी सदस्य समेत नरहने गरी निष्कासन

विवेकशील साझाका संयोजक पाण्डेलाई पार्टी सदस्य समेत नरहने गरी निष्कासन

rabindra-Mishra-and-milan-pande

विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका मिलन पाण्डेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको भन्दै निष्कासन गरेको हो ।

केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा २०७८ मङ्सिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार पाण्डेलाई पुष ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण माग समेत गरेको जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds