चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका शिक्षकमाथि कुटपिट

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका शिक्षकमाथि कुटपिट

rr campus

काठमाडौँ । चिट चोर्न नदिएको भन्दै काठमाडौँको प्रदर्शनीमार्गमा रहेको रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका एक विद्यार्थीले शिक्षकलाई कुटेका छन् ।

स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्र कुवेर जेठाराले गार्ड बसिरहेका शिक्षक प्रकाश पुडासैनीलाई कुटेका हुन् ।

ब्याचलर इन सोसल वर्क (बीएसडब्ल्यू) पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेको छ । उनलाई बागबजारमा रहेको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ ।

शिक्षकमाथि आक्रमण गर्ने छात्र जेठारा फरार रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds