कैलाली । कैलालीमा घाँटी रेटेर युवकको विभत्स हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको हत्या गरेको आरोपमा लम्की टीकापुरबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा समस्या हुने भन्दै प्रहरीले उनले नाम भने सार्वजनिक गरेको छैन । दासको शव शनिबार दिउँसो अर्मावति सामुदायिक वनमा फेला परेको थियो ।
घटनापछि भएको फोन संवादको अडियो प्राप्त गरेको प्रहरीले त्यही अडियोका आधारमा अनुसन्धान अगाडि बढाएर एक जनालाई पक्राउ गरिएको जनाएको हो ।
मृतक दासका आफन्त र स्थानीयले हत्यारालाई पक्राउ नगर्दासम्म शव नउठाउने अडान लिएका छन् भने उनीहरुले शव फेला परेको स्थानलाई घेराउ गरेर बसेका छन् ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा