पोखरा जेसीज वर्ष २०१६ का अध्यक्ष एवं नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष गोविन्दप्रसाद देवकोटा अहिले कानुनी सल्लाहकारमा नियुक्त भएका छन् ।
पोखरा जेसिजको आतिथ्यतामा सम्पन्न नेपाल जेसिजको ४८ औँ राष्ट्रिय महाधिवेशनबाट बर्ष २०२२ को लागि निर्वाचित नेतृत्वले देवकोटालाई नेपाल जेसीजको कानुनी सल्लाहकारमा मनोनित गरेको हो ।
महाधिवेशनले राष्ट्रिय अध्यक्षमा लालमणि भण्डारीलाई निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष भण्डारीले विधानअनुसार उक्त पदमा पोखराका देवकोटालाई मनोनित गरेका हुन् । कार्यकारिणी उपाध्यक्षमा दिपेन्द्र निरौला, सुनिल तिमल्सिना, अनिल बहादुर शाही र रमा प्याकुरेल छन् ।
टीओवाईएन संयोजकमा पोखरा लेडी जेसिजकी पूर्व अध्यक्ष सन्तु पौडेल, उपाध्यक्षमा श्रीकृष्ण श्रेष्ठ लगायत चुनिएका छन् । डाइनामिक युथ लिडरका रुपमा आफ्नो छवि बनाएका देवकोटा सबैसँग सहजै घुलमिल हुन सक्ने र मिलनसार छन् ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ