काठमाडौं। सामाजिक संजाल मार्फत अश्लिल फोटो पठाएर ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश कोपागंज दोस्तपुरा घर भएका ३१ वर्षीय मोहम्मद सालीम रहेका छन्। सालीमलाई प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले बैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडी उक्त अश्लिल फोटो सामाजिक सञ्जाल फेसबुक र वास्ट्एप मार्फत महिलाको आफन्तलाई पठाउनुको साथै पीडितको नामबाट बनाएको नक्कली फेसबुक आईडिमा अश्लिल फोटो पोष्ट गरी महिलाको चरित्र हत्या गरेको भन्ने जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरी ७ दिन म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सम्बन्धित खबर
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ