संघीय संसदको हिउँदे अधिवेशन आजदेखि

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि

sanghiya-samsad_xcBaHgEdN9

काठमाडौँ । संघीय संसदको हिउँदे अधिबेशन आजदेखि शुरु हुँदैछ । आज दिउँसो २ बजे दुबै सदनको अधिवेशन शुरु हुुन लागको हो ।

राष्ट्रपतिले पठाएको संसद आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन र विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूचि छन् ।

संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश–२०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन, अध्यादेश–२०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ पेश गर्नेछन् ।

त्यस्तै भौतिक पुर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्व अध्यादेश र कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७८ पेश गर्ने कार्यसूचि रहेका बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds