दाङ । दाङको राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–३ सिरखोलामा सोमबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १३ जना गम्भिर घाइते भएका छन् ।
मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिकाका ४८ वर्षीय प्रेमप्रकाश शर्मा, ४६ वर्षीया साउनी घर्ती र सोही ठाउँकै २५ वर्षीया लालमति खड्का रहेका छन् ।
हिजो साँझ तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप दुर्घटना भएको हो । गियर फसेका कारण जीप दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ ।
जिप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा १८ जना यात्रु सवार रहेका थिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ