६० वर्षमाथिका भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

६० वर्षमाथिका भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

corona-khop

काठमाडौँ । सरकारले ६० वर्षमाथिका भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई खोपको थप मात्रा (‘बुस्टर डोज’) दिने भएको छ।

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा भेरोसेलको दुई मात्रा खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज दिइने भएको हो।

नेपालमा कोभिशिल्ड एस्ट्राजेनिका, भेरोसेल, जोन्सन एण्ड जोन्सन र फाइजर खोप लगाइँदै आइरहेको छ। नेपालमा लक्षित जनसङ्ख्याको ५३.७ प्रतिशतलाई पहिलो मात्रा र ४४.५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds