नेपालमा पहिलो पटक दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले सोमबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा दुई जनामा नयाँ भाइरस भेटिएको पुष्टि गरेको हो। मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ओमिक्रोन पुष्टि भएको देश हुँदै नेपाल आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय वृद्धमा नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको हो।
उनीहरु दुवैले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।
हाल दुवै जनालाई स्वास्थ्यकर्मीको निगरानीमा तोकिएको मापदण्ड अनुसार आइसोलेसन कक्षमा राखी उपचार गरिएको मन्त्रालयले जनाएको छ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ