खोप नलगाएकालाई भारत प्रवेशमा रोक

खोप नलगाएकालाई भारत प्रवेशमा रोक

nepal-india

काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाई गरेको छ ।

भारत प्रवेश गर्न चाहने नेपालीहरुले अनिवार्य रुपमा कोरोनाको दुबै डोज खोप लगाएको कार्ड देखाउनु पर्ने भएको छ ।

बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयले बैतडीले जनाएको छ ।

यस्तै, झुलाघाट नाकाबाट बैतडीमा छिर्नेहरुले पनि अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।

सीमानाकामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पनि भनिएको छ ।

हालसम्म भारतमा चार जना ओमिक्रोन भाइरस संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds