न्यायालयको समस्या छिट्टै समाधान हुन्छः प्रधानमन्त्री देउवा

न्यायालयको समस्या छिट्टै समाधान हुन्छः प्रधानमन्त्री देउवा

sher bahadur deuba

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयभित्रको समस्या छिट्टै अन्त्य हुने बताएका छन् ।

नेपाल बार एसोसिएसनका पदाधिकारी तथा वरिष्ठ कानून व्यवसायीहरुसँग आज बिहान भएको भेटमा प्रधानमन्त्री देउवाले गठबन्धनका दलसँग छलफल गरेर न्यायालयको समस्याको सकेसम्म छिटो समाधान निकाल्ने बताएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीका प्रतिनिधिहरुले शुक्रबार प्रधानमन्त्री देउवालाई भेटेर १७ बुँदे ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले जबराको राजीनामा आफूहरुको बटमलाइन भएको बताएका थिए ।

कानुन व्यवसायीहरुले लामो समयदेखि न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि भूमिका खेल्न समेत प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

न्यायलयमा सुधारको माग गर्दै नेपाल बार एसोसिएसन र कानून व्यवसायीले बिगत एक महिनादेखि आन्दोलन गरिरहेका छन् ।

पछिल्लो पटक सर्वोच्च अदालतको नियमावली संशोधन गरेर १५ मंसिरदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय भएको छ । तर बारले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds