बैतडी । बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको प्रहरीले जनाएको छ । मालीको उपचारका लागि धनगढी लैजाने क्रममा कैलालीको सहजपुरमा मृत्यु भएको हो ।
अर्का गम्भीर घाइते भएका दशरथचन्द –६ का ४८ वर्षीय हर्कबहादुर चन्दको जिल्लामा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।
आइतबार बैतडीका दशरथचन्द नगरपालिका– २ देहिमाडौँबाट जन्ती लिएर सोही नगरपालिकाको वडा नम्बर ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको कलुवाड मोडमा दुर्घटना भएको थियो ।
पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ