पोखरा । देशको पहाडी भूभागमा आज (सोमबार) बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।
अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
सोमबार दिउँसो प्रदेश नं १ लगायत अन्य पहाडी भू-भागहरूमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
यस्तै, राती प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ