द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा आममाफी दिन मिल्दैनः अध्यक्ष ओली

द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा आममाफी दिन मिल्दैनः अध्यक्ष ओली

pm-oli-samsad

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिन नमिल्ने बताएका छन् ।

माओवादीसँग विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुगेको अवसरमा आज विज्ञप्ति जारी गर्दै ओलीले द्वन्द्वकालमा भएका मनवता विरोधी गम्भीर घटनामा आममाफी दिने विषयमा सहमति हुन नसक्ने बताएका हुन् ।

उनले आफू सरकारमा रहँदा द्वन्द्व पीडितलाई न्याय दिलाउन इमान्दार प्रयत्न गरेको दाबी गरेका छन् । नेपाली कांग्रेस र माओवादीप्रति इंगित गर्दै ओलीले द्वन्द्वमा प्रत्यक्ष संलग्न पक्षहरुको अनिच्छा र परस्पर विरोधी अडानका कारण चाहेर पनि धेरै विषय सम्बोधन गर्न नसकिएको उल्लेख गरेका छन् ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो ।

तत्कालीन सात राजनीतिक दल र माओवादीले विस्तृत शान्ति सम्झौतामार्फत एक दशक लामो युद्ध अन्त्यको घोषणा गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds