कास्कीका १८ सहित गण्डकीमा थप २७ जनामा कोरोना संक्रमण, २ को मृत्यु पुष्टि

कास्कीका १८ सहित गण्डकीमा थप २७ जनामा कोरोना संक्रमण, २ को मृत्यु पुष्टि

corona-Update

पछिल्लो २४ घण्टामा गण्डकीका २७ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २४७ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका पाँच जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १८ जना, तनहुँका तीन जना, लमजुङका एक जना, नवलपुरका चार जना र पर्वत जिल्लाका एक जना छन्। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ७२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६४ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार २८ पुगेको छ। अहिले प्रदेशभर २९२ सक्रिय संक्रमित छन् ।

वुधवार गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ।  आज मृत्यु पुष्टि हुनेमा पोखरा -१२ निवासी ६२ वर्षीय पुरुष र तनहुँ जिल्ला घिरिङ गाउँपालिका -५ निवासी ७० वर्षीय वृद्ध छन्।

आज थप भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४०५ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds