आज हरिबोधनी एकादशी पर्व मनाइँदै

आज हरिबोधनी एकादशी पर्व मनाइँदै

tulasi

काठमाडौँ । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी । तुलसीको विवाह र विशेष पूजा गरी मनाइँदैछ ।

हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।

आषाढ शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पिपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ ।

आजको दिन सखरखण्ड, पिँडालु आदि कन्दमुल र फलफूल भगवान विष्णुलाई चढाएर प्रसादको रुपमा खाने गरिन्छ ।

पर्वका अवसरमा आज काठमाडाँैका बूढानीलकण्ठ र नागार्जुन नगरपालिका तथा तनहुँको व्यास नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds