आजदेखि १२ वर्ष माथिका दिर्घरोगीलाई फाइजर खोप दिइँदै, यी अस्पतालमा लगाइन्छ खोप

आजदेखि १२ वर्ष माथिका दिर्घरोगीलाई फाइजर खोप दिइँदै, यी अस्पतालमा लगाइन्छ खोप

corona-khop

काठमाडौँ । सरकारले आजदेखि कोरोना (कोभिड–१९) विरुद्धको फाइजर खोप दिइने दिँदै छ ।

१२ वर्षमाथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप दिन लागेको हो।

आजबाट सुरु हुने खोप अभियान मंसिर ४ गतेसम्म जारी रहनेछ । दोस्रो मात्रा खोप मसिंर २७ देखि पुस २ गतेसम्म लगाइने छ ।

खोप लगाउनका लागि सरकारले देशभर २४ वटा अस्पताल तोकेको छ । सरकारले तोकेका अस्पतालमा मात्रै फाइजर खोप लगाउन पाइनेछ । तोकिएका अस्पतालहरुमा बिहान १० देखि ४ बजेसम्म खोप लगाउन पाइनेछ ।

१२ वर्ष माथिका ८ प्रकारका दीर्घरोग मुटु, मिर्गौला, फोक्सो, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह, मस्तिष्क र मस्तिष्क रक्तनली सम्बन्धी रोग भएका र रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिलाई खोप दिइने जनाइएको छ ।

खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घ रोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ ।

यी अस्पतालमा लगाइन्छ खोप

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds