काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गरेका छन्।
उनी आज बिहान आठ बजे नेपाली सेनाको जहाजमार्फत भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
सेनापति शर्मा भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा भारत प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।
शर्माको भ्रमण दलमा ९ सदस्य रहेका छन्।
भ्रमण सकि उनी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा उनले भारतका राष्ट्रपतिबाट बुधबार मानार्थ महारथीको दर्जाले सम्मान पाउने कार्यक्रम रहेको छ।
उनले भ्रमणका क्रममा समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका विभिन्न सुरक्षा अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा