चीनको जनमुक्ति सेनाले दियो नेपाली सेनालाई ३ लाख डोज खोप

चीनको जनमुक्ति सेनाले दियो नेपाली सेनालाई ३ लाख डोज खोप

Chinese-Vaccin-prove-nepali-sena

काठमाडौँ । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको खोप प्रदान गरेको छ ।

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई तीन लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप सहयोग गरेको हो । खोपसँगै १० थान भेन्टिलेटर र एक सय थान अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई दिइएको छ ।

चीनबाट प्राप्त सामग्री नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज सोमबार प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिन्।

यो सहयोगले नेपाल र चीनबीचको सम्बन्ध थप बलियो हुने नेपाली सेनाको विश्वास रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds