२० महिनापछि खुल्दै अमेरिकाः पूर्ण खोप लगाएकालाई आज रातीदेखि सीमा खुला

२० महिनापछि खुल्दै अमेरिकाः पूर्ण खोप लगाएकालाई आज रातीदेखि सीमा खुला

American Flag

काठमाडौँ । अमेरिकाले २० महिनापछि विदेशी आगन्तुकका लागि प्रवेश अनुमति दिने भएको छ । पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबार आजदेखि आफ्नो सीमा खुला गरेको हो ।

कोरोनाभाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो । त्यसअघि सोही वर्षको जनवरीमा चिनियाँ यात्रुलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो ।

यात्रा प्रतिबन्धका कारण कतिपय विदेशी नागरिकहरुले आफ्ना परिवारका सदस्यसँग भेट गर्न पाएका थिएनन् । प्रतिबन्धसँगै अमेरिकाको पर्यटन क्षेत्रले पनि ठूलो मूल्य चुकाएको थियो ।

नयाँ यात्रा प्राधानअनुसार अब अमेरिका यात्रा गर्ने हरेक व्यक्तिले उड्नुअघि पूर्ण खोप लगाएको प्रमाण र पछिल्लो ७२ घन्टाभित्र कोभिड नेगेटिभ देखिएको परीक्षण देखाउनु पर्नेछ । साथै अमेरिका पुगेपछिको सम्पर्क नम्बर उपलब्ध गराउनु पर्ने छ । तर पर्यटकहरुले अमेरिका पुगेर क्वारेन्टिनमा बस्नु भने पर्नेछैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds