छठ पर्व सुरुः आज ‘नहाय खाय’ गरिँदै

छठ पर्व सुरुः आज ‘नहाय खाय’ गरिँदै

Chhath

पोखरा । नेपालको तराई मधेश तथा मिथिलाञ्चल क्षेत्रमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ ।

कार्तिक शुक्ल चतुदर्शीको दिनदेखि चार दिनसम्म मनाइने छठ पर्वको आज पहिलो दिन हो । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ ।

यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ ।

यस दिन एक छाक मात्र खाइन्छ । व्रतालुले आजदेखि सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्दैनन् । यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।

यो पर्व तराई मधेशसहित पछिल्लो दशकदेखि काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । नेपालमा मात्र नभइ भारतमासमेत धुमधामका साथ मनाइन्छ । अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ ।

कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको व्रतलाई समापन गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ