मिथिला क्षेत्रमा आज धनतेरस मनाइँदै

मिथिला क्षेत्रमा आज धनतेरस मनाइँदै

dhanteras-tihar

पोखरा । यमपञ्चक अर्थात् तिहार पर्वको पहिलो दिन आज मिथिला क्षेत्रमा ‘धनतेरस’ मनाइँदैछ ।

कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई मिथिलामा ‘धनतेरस’ भनिन्छ । यस दिन नयाँ धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने मैथिल परम्परा छ ।

कात्तिक कृष्ण त्रयोदशी तिथिको सायंकालमा घरमा लक्ष्मी स्थापना गरी मनाइने परम्पराको धनतेरस पर्व प्रदेश–२ का मिथिला क्षेत्रमा पर्ने सबैजसो जिल्लामा आज साँझ लक्ष्मीको पूजाराधना गरी दीपावली पर्व शुरु गरिन्छ ।

धातुका नयाँ समान जोडेर लक्ष्मी स्थापना गरिएका ठाउँमा रातभरी उज्यालो प्रकाश बालेर धनतेरस मनाउने मैथिल परम्परा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ