गण्डकीमा पछिल्ल्ला दिनमा नमुना परीक्षणको दर घटेसँगै दिनहुँ संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको छ। विशेष गरी कास्कीको पोखरामा कोरोना संक्रमणको फैलावट अपेक्षित रुपमा घटिनसकेको भएपनि नमुना संकलन उल्लेख्य रुपमा हुन सकेको छैन। जसका कारण दिनहुँ संक्रमण पुष्टि हुनेको संख्यामा कमी आएको देखिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १३२ जनामा गरिएको नमुना परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका नौ जना, तनहुँका दुई जना, गोरखाका एक जना, लमजुङका एक जना र नवलपुरका पनि एक जना छन्।
यस्तै, स्याङ्गजाका आठ जना र म्याग्दी जिल्लाका एक जनामामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ३४९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३४ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८५ हजार ४२८ पुगेको छ। अहिले प्रदेशभर ५२५ सक्रिय संक्रमित छन् ।
सोमबार गण्डकीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। मृतक कास्की जिल्ला पोखरा महानगरपालिका -२६ निवासी ५६ वर्षीय पुरुष छन्।
योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३९६ पुगेको निर्देशनालयले जनाएको छ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम