पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल अब १३३ प्रतिलिटर

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल अब १३३ प्रतिलिटर

petrol

नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासमा र मूल्य बढाइएको जनाएको छ।

नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि भएको छ। भने, हवाई इन्धन (आन्तरिक तथा बाह्य) मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ वृद्ध भएको छ।

वृद्धि भएको मूल्य सँगै पेट्रोल अब प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न मूल्य बृद्धि गर्नुपर्ने बाध्यता रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ