गण्डकीका ३३६ को नमुना परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण, ३७ संक्रमणमुक्त

गण्डकीका ३३६ को नमुना परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण, ३७ संक्रमणमुक्त

covid-19-corona

पछिल्लो २४ घण्टामा गण्डकीका ४४ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३३६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका पाँच जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २६ जना, तनहुँका एक जना, लमजुङका नौ जना र नवलपुरका तीन जना र स्याङ्गजाका पाँच जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार २६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३७ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८५ हजार ३५५ पुगेको छ। अहिले प्रदेशभर ५२० सक्रिय संक्रमित छन् ।

गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १३९४ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds