२४ घण्टामा कास्कीका ३३ सहित गण्डकीमा थप ७६ जनामा कोरोना संक्रमण, एकको मृत्यु

२४ घण्टामा कास्कीका ३३ सहित गण्डकीमा थप ७६ जनामा कोरोना संक्रमण, एकको मृत्यु

corona covid gandaki

पछिल्लो २४ घण्टामा गण्डकीका ७६ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ५२९ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३३ जना, तनहुँका आठ जना, गोरखाका दुई जना, लमजुङका १३ जना र नवलपुरका चार जना छन्।

यस्तै, स्याङ्गजाका १४ जना, पर्वतका एक जना र बाग्लुङ जिल्लाका एक जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार २२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १७ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८५ हजार ३१८ पुगेको छ। अहिले प्रदेशभर ५१३ सक्रिय संक्रमित छन् ।

बिहीबार गण्डकीमा थप एक जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा बागलुङ जिल्ला जैमिनी नगरपालिका-६ निवासी ४५ वर्षीय पुरुष छन्।   योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३९४ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds