बैतडी । महाकाली नदीमा डुंगा डुंगा पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा बैतडीको शिवनाथ गाउँपालिका– १ की १३ वर्षीया मिना साउद रहेकी छन् ।
यस्तै शिवनाथ– १ कै ८ वर्षीय सन्दीप साउँद बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बुधबार साँझ ६ बजे शिवनाथ गाउँपालिका–१ को खाँडघाटबाट पारी भारत जान लागेका १० जना सवार डुंगा पल्टिएको हो ।
दुर्घटनामा मिना र सन्दीप बेपत्ता रहेकोमा मिनाको शव आज बिहान महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता सन्दीपको खोजी कार्य भइरहेको छ ।
डुंगामा सवार रहेका अन्य आठजना भने पौडी खेलेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम