‘सेल्टर’ लिएको होटलबाटै भागे एक अफगान नागरिक

‘सेल्टर’ लिएको होटलबाटै भागे एक अफगान नागरिक

farar

काठमाडौँ । भारतबाट बेलहिया नाका हुँदै नेपाल प्रवेश गरी काठमाडौँ आइपुगेका एक अफगान नागरिक प्रहरीले अनुसन्धान थालेपछि ‘सेल्टर’ लिएको होटलबाटै भागेका छन् ।

असोज दोस्रो साता दिल्लीबाट बसमा सुनौली आएका अजमल अचेकजाई भारतको पञ्जाबको नागरिक भएको नक्कली परिचयपत्र बनाएर बेलहिया नाका हुँदै काठमाडौँ आएका थिए । उनी

यूएनएचसीआरको शरणपछि उनीसहित ७ जना सिनामंगलको एक होटलमा मासिक २५ हजार रुपैयाँ भाडा तिर्ने गरी बसेका थिए । होटललाई अग्रिम भाडाबापत १० हजार दिइसकेका थिए ।

होटलमा टिपाएको विवरणमा अजमलले आफूहरू भ्रमणका क्रममा आएको उल्लेख गरेका छन् । उनले नेपालमा रहँदा प्रयोग गर्न लिएको मोबाइल नम्बर स्विच अफ छ ।

दिल्लीबाट समूहगत रूपमा नेपाल ल्याउने मुख्य व्यक्ति नै उनी रहेको हुन सक्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds