फाइजर खोप कात्तिक २८ गतेदेखि लगाउन सुरु गरिने

फाइजर खोप कात्तिक २८ गतेदेखि लगाउन सुरु गरिने

vitnam-coronavirus

काठमाडौँ । अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गतको फाइजर खोप सोमबार नेपालमा आइपुगेको छ । नेपाल आइपुगेको एक लाख भन्दा बढी डोज फाइजर खोप कात्तिक २८ गतेदेखि गते लगाउन सुरु गरिने भएको छ ।

नेपालमा पहिलो पटक आएको खोप १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाइने भएको हो । देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप दिने कार्यक्रम तय गरिएको छ ।

काठमाडौँ उपत्यकाभित्र नौ र बाहिर १५ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तोकिएको बताइएको छ ।

यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप दिइने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds