काठमाडौँ । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछ ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे थापाथलिस्थित पार्टी कार्यालयको वार रुमबाट भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पालिका अधिवेशनको उद्घाटनका लागि प्राविधिकलगायत तयारी पूरा भएको जनाइएको छ ।
बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा भने आज अधिवेशन हुने छैन । प्रभावित धेरैजसो जिल्लामा आउँदो १५ गते अधिवेशन गर्ने तयारी भएको बताइएको छ ।
एमालेको वडा अधिवेशन पनि बाढी प्रभावित क्षेत्रमा रोकिएको छ । धेरैजसो जिल्लामा १२ गते वडा अधिवेशन गर्ने तयारी भएको छ । अन्य क्षेत्रमा भने गएको ६ गते नै वडा अधिवेशन भएको थियो ।
एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते