गण्डकीमा सक्रिय संक्रमितको संख्या ३६३ मात्र, थप ३४ जनामा कोरोना पुष्टि

गण्डकीमा सक्रिय संक्रमितको संख्या ३६३ मात्र, थप ३४ जनामा कोरोना पुष्टि

Gandaki covid corona 2

पछिल्लो २४ घण्टामा नमुना संकलन गरी परीक्षण गर्दा गण्डकीका ३४ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४४७ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका पाँच जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २२ जना, तनहुँका छ जना, नवलपुरका दुई जना छन् भने, स्याङ्गजाका तीन जना र पर्वत जिल्लाका एक जनामा कोरोना पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकाससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८६ हजार ८१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ८१ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८५ हजार ६१ पुगेको छ। भने अहिले प्रदेशभर ३६३ संक्रमित छन् ।

गण्डकीमा हालसम्म कोरोना संक्रमणकै कारण १३८८ जनाले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds