काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले बाढी पहिरोका कारण मृत्यु भएका परिवारलाई आर्थिक सहयोग दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले एकाघरमा एक जनाको मृत्यु भएको भए २ लाख, २ जनाको मृत्यु भएको भए ३ लाख र ३ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
साथै सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ। निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने छ।
गत शनिबारदेखि परेको पानीले देशका विभिन्न भागमा जनधनको क्षति भएको छ।
सम्बन्धित खबर
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ